मापदण्डअनुसार क्रियाशील विवाद समधान गर्न पौडेल समूहको प्रस्ताव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता विवाद देखिएका ठाँउमा १३औं महाधिवेशनका सदस्यलाई नै आधार मानेर महाधिवेशन जानुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको समूहको छलफलले विवादित स्थानमा १३औं महाधिवेशनका क्रियाशील सदस्यलाई नै आधार मानेर महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालको हो ।‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौं। […]