'संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने चुनौती थपियो'

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र सङ्घर्ष भइरहेको बताएका छन् ।  नेकपा कास्की सम्बद्ध बौद्धिक सङ्घ सङ्गठन तथा जनवर्गीय सङ्गठनको संयोजनमा आज पोखरामा भएको विचार गोष्ठीमा उनले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षालगायतमा जनताको हक र अधिकार बढाएर संविधानमा समाजवादको आधार तयार गर्ने कुरा गरे पनि संविधानको रक्षा र लोकतन्त्रको रक्षा गर्नुपर्ने चुन...