पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयनपत्र दर्ता गरिरहेका छन् । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, नयाँशक्ति पार्टी नेपाल, विवेशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका उम्मेदवारले मनोनयनपत्र दर्ता गरिरहेका छन् ।