कोरोनाको अति जोखिममा रहेका १४ जिल्लामा विद्यालयबारे निर्णय लिने जिम्मा स्थानीय तहलाई

शिक्षा मन्त्रालयले कोरोनाको जोखिम रहेका १४ जिल्ला तथा शहरमा विद्यालय बन्द वा खोल्ने निर्णय लिने जिम्मा स्थानीय तहलाई दिएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले शुक्रवार विज्ञप्ति जारी गरी विद्यालय बन्द गर्ने कि खोल्ने भन्ने निर्णय जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)सँगको समन्वयमा स्थानीय तहले गर्न सक्ने उल्लेख गरेका हुन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा बसेको बैठकले खुलेका विद्यालयमा पनि जनस्वास्थ्यका मापदण्ड पूरा गर्न, भीडभाड हुने कुनै कार्यक्रम नगर्न, सिफ्ट प्रणाली अपनाउन पनि आग्रह गरेको छ । ...