‘ढिलो विवाह गर्नेले सन्तानको योजना बनाइहाल्नुपर्छ’

१३ वैशाख, काठमाडौं । अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्क भएपछि मात्र सन्तान जन्माउने गरिएको छ । जबकि गर्भधारणका लागि एउटा निश्चित उमेर सर्वोत्तम मानिन्छ । यस्तो अवस्थामा ढिलोगरी गर्भधारण गर्दा बच्चा र आमाको स्वास्थ्यमा […]

सम्बन्धित सामग्री

मनसरा : ऐना पुछिरहें, धुलो आफ्नै अनुहारमा थियो

प्रेम, विवाह, घरगृहस्थी अनि बालबच्चा । पारिवारिक चक्र यसरी नै घुमिरहेको छ सदियौंदेखि । यस्तो पृष्ठभूमिमा विवाह गरेपछि सन्तानको रहर र योजना हुने नै भयो । यस्तो रहर एउटी महिलामा अरु बढी हुनसक्छ । किनभने …

ढिलो आमा बन्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि मात्र विवाह गर्ने प्रवृत्ति बढेर गएको छ । धेरै जोडीले विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्क भएपछि मात्र सन्तान जन्माउने गरिएको छ । जबकि गर्भधारणका लागि एउटा निश्चित उमेर सर्वोत्तम मानिन्छ । ढिलोगरी गर्भधारण गर्दा बच्चा र आमाको स्वास्थ्यमा कस्तो असर हुन्छ […]

जनसंख्या बढाउन महँगो बिहेमा कडाइ गर्दै चीन, 'बेहुलीका परिवारलाई दाइजो दिन रोक !'

काठमाडौं । जापानमा जनसंख्या घटेर देशको अस्तित्व नै मेटिन थालेको चिन्ता चुलिएको छ । घट्दो जन्मदर उकास्न सरकारले शिशु स्याहारमा टेवा दिने अनेकौं उपायहरू अपनाउन थालेको छ । महँगी अनि कामकाजी महिलाहरूको संख्या बढ्न थालेसँगै शिशु स्याहार्न भनेर जागिरै छोड्नुपर्ने स्थिति आउन थालेपछि साना छोराछोरी हुर्काउन सजिलो होस् भनेर सरकारले पुरुषहरूलाई पनि सुत्केरी र शिशु स्याहारको बिदामा बस्न प्रोत्साहन दिन थालेको छ । टोकियोले अन्यत्र बसाइ सरेर जाने घरपरिवारलाई हरेक बालबालिकापिच्छे १० लाख येन दिने योजना ल्याएको छ ।  चीनमा गएको वर्ष ६० वर्षमा पहिलो पटक जनसंख्या घट्यो । चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भएकाले जापानको जसरी अहिले नै उ आत्तिहाल्ने बेला भएको छैन । जन्मदर उकास्ने उपायहरू अपनाउने हो भने चीनले जनसंख्याको बनोटमा आउने परिवर्तनका कारण निम्तने समस्या वा सोको प्रभाव धेरै हदसम्म कम गर्न सक्ने सम्भावान धेरै छ । चीन सरकारले घट्दो जन्मदरलाई सम्बोधन गर्न सकेसम्म अनि भ्याएसम्मका सबै उपायहरू अपनाउन थालेको छ । विवाह र धेरै सन्तान जन्माउने प्रवृत्तिलाई प्रोत्साहन दिन व्यापक अनुदान र सहुलियतका उपायहरू अपनाउन थालिएको केही वर्ष भइसकेको छ । एक महीनासम्मको बिहे बिदा चलन देशभरमा विस्तारै बढ्न थालेको छ । एकल महिलाहरूका लागि भनेर अन्डा स्टोर गरेर राख्न दिइने नीति पनि ल्याइएको थियो । अब भने महँगो खालको बिहेको चलनमा सरकारले कडाइ गर्न शुरु गरेको छ । यो उपायहरूले भने अहिलेसम्मको भन्दा फरक प्रभाव पार्ने अपेक्षा केहीको छ ।   चीनमा बेहुलाले बेहुलीलाइ छाइली (बेहुलीको मूल्य) चुकाउने परम्परा छ । छाइली भनेको बिहेको समयमा बेहुलाले बेहुलीको परिवारलाई दिने उपहार हो । आफू इमानदार र धनी छु भन्ने देखाउन बेहुलाले बेहुलीको परिवारलाई पैसा दिने परमपरा छ । छोरी जन्माएर, हुकाई बढाई गरेर अरुलाई दिएको क्षतिपूर्तिबापत दिइने पैसा हो यो । चीनमा छोरी भन्दा छोरा धेरै रुचाइन्छ । चीनमा तीन चौथाई बिहेमा यो प्रथा छ । बेहुलीको परिवारलाई बेहुलाले दशौं हजार डलर तिर्छन् । यो रकम वार्षिक आयको कयौं गुणा धेरै हुन्छ । अधिकारीहरूले यो प्रथा निर्मूल गर्न पहल गरेको यो पहिलो पटक भने होइन । तर अहिले भने धेरै नै कडाइ गर्न थालिएको छ । चीनको जनसंख्या अपेक्षा गरिएभन्दा निकै छिटै घट्न थालेको छ । उपभोक्ता माग सुस्ताएको छ भने स्वास्थ्य हेरचाह प्रणालीमा दबाब बढेको छ । चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको तथ्यांक सार्वजनिक भएको एक महीना पनि भएको छैन । यस्तोमा परिवार विकास विभागका प्रमुखले स्थानीय सरकारलाई जन्मदर उकास्न ‘बोल्ड र क्रियटिभ’ कदमहरू चाल्न भनेको छ । छाइली प्रथाका कारण बिहे धान्नै नसक्ने बनेको छ । अर्थतन्त्र सुस्ताइरहेको समयमा यही प्रथाका कारण मानिसहरूमा बिहे गर्ने र बच्चा जन्माउनेप्रति रुची घटेको हो कि भनेर सरकारले यसमा कडाइ बढाएको छ । मध्य चीनका प्रान्त हपईले जनवरीमै बिहेमा व्याप्त कुप्रथामा कडाइ गर्न थालेको थियो । तटीय प्रान्त चियाङ्सुले पनि गएको महीना ज्वाईसँग धेरै पैसा नमाग्ने सबैभन्दा सुन्दर सासुको खोजी शुरु गरेको थियो । चियाङ्सुकै एक् शहरले एकल महिलाहरूलाई विहेमा चर्को छाइली नअसुल्ने वाचा पत्रमा हस्ताक्षर गराएको थियो ।  चीनले जन्मदर बढाउन अविवाहितहरूले जन्माएको सन्तानको समेत पञ्जीकरणको अनुमति दिने जस्ता नियमहरू ल्याएको छ । तर अधिकांश नियमहरू पुरुषको पक्षमा छन् । यसलाई धेरैले भने राष्ट्रपति सि चिनफिङले चिनियाँ महिलाहरूलाई घरायशी परम्परागत काममा फर्काएर शीर्ष राजनीतिमा महिलाहरूलाई बाइकट गर्न खोजेको रुपमा हेरेका छन् । लैंगिक विभेदजस्ता जरा गाडेर बसेका समस्याहरूलाई सम्बोधन नगर्दासम्म घट्दो जन्मदरको समस्या सम्बोधन हुने आश थोरै मात्र भएको जोन्स हप्किन्स विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक फइनियान चन भन्छिन् । छाइली प्रथा चीनको एक सन्तान नीतिसम्मै पाइन्छ । सो नीतिबीच चीनमा पुरुष जनसंख्या महिलाको भन्दा धेरै भयो । वरभन्दा वधुको संख्या कम हुँदा पनि बेहुलीको परिवारले मनलाग्दी रकम छाइलीबापत असुल्ने क्रम बढेको छ ।  हामीकहाँ बेहुलीको परिवारले बेहुलाको परिवारलाई मनग्गे दाइजो दिने चलन छ । तर चीनमा चलन ठिक उल्टो छ । यहाँ बेहुलाको परिवारले बेहुलीको परिवारलाई दाइजो दिन्छन् । लैंगिक अन्तर उच्च रहेको ग्रामीण भेगमा यो समस्या झनै धेरै छ । बिहे अर्थतन्त्रको ठूलो हिस्सा छाइली प्रथाले ओगटेको छ । तर यो प्रथाप्रति मानिसहरूलाई निरुत्साहित गर्नु भने सरकारलाई कम्ति गाह्रो छैन । महँगो बन्दै गइरहेको छाइली प्रथा विरुद्ध अभियान चलाउनु भनेको निरन्तरको कठिन युद्ध साबित हुने विश्लेषण गरिएको छ । हपईको एउटा गाउँमा दुल्हाको परिवारले दुलहीको परिवारलाई ३ लाख युआन (४३ हजार ३४३ डलर)सम्म छाइली तिरेका थिए । गाउँका अधिकारीहरूले पैसै नलिने वा कम लिने बेहुली नखोजिदिएसम्म यसलाई नियन्त्रण गर्नै सक्दैनन् । सोही गाउँका बासिन्दा वाङ लिङ्गले आफ्नो छोराको बिहेमा जिन्दगीभर जोगाएर राखेको ३ लाख २८ हजार युआन तिरेका थिए । बेहुलाले बेहुलीले भनेको जत्ति पैसा नतिर्ने हो भने चीनमा बिहेको कुरा अगाडि नै नबढ्ने स्थिति छ ।  एजेन्सीको सहयोगमा

६ दशकमा पहिलो पटक घट्यो चीनको जनसंख्या, एक सन्तान नीति हटाउँदा पनि घट्यो !

पेचिङ (चीन) । गएको वर्ष चीनको जनसंख्या घटेको छ । सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड १८ लाख आएको छ । यो अघिल्लो वर्षको भन्दा ८ लाख ५० हजार कम भएको नेशनल ब्यूरो अफ स्ट्याटिस्टिक्सले बताएको छ । सो अवधिमा हरेक हजार जनामा जन्मदर ६ दशमलव ७ रहेको छ । यो अहिलेसम्मकै थोरै हो । अघिल्लो वर्ष यो दर ७ दशमलव ५२ थियो । सन् २०२१ मा अमेरिकामा जन्मदर प्रतिहजार ११ दशमलव शून्य ६ थियो । बेलायतमा १० दशलमव शून्य ८ थियो । भारतमा जन्मदर प्रतिहजार १६ दशमलव ४२ छ । भारतले चीनलाई सबैभन्दा धेरै जनसंख्या भएको देशको रूपमा उछिन्ने क्रममा छ । भारतको जनसंख्या १ अर्ब ४० करोड ७५ लाख छ । वर्षौंदेखि चीनमा जन्मदर घटिरहेको छ । यो प्रवृत्ति सुस्त पार्न सरकारले कयौं नीतिहरू पनि ल्याएको छ । तर, एक सन्तान नीति खारेज गरेको ७ वर्षपछि चीन नकारात्मक जनसंख्या वृद्धिको युगमा छिरेको छ । सन् २०२२ चीनमा करिब ९५ लाख ६० हजार बालबालिका जन्मिने अपेक्षा गरिएको छ । यो एक वर्षअघिको भन्दा ११ दशमलव ५ प्रतिशत कम हो । गएको वर्ष चीनमा पहिलो पटक जन्मेको संख्यालाई मर्नेको संख्याले उछिनेको छ । प्रतिहजारमा मृत्यु ७ दशमलव ३७ रहेको छ । यो दर अघिल्लो वर्ष ७ दशमलव १८ थियो । यो मृत्युदर सन् १९७६ यताकै धेरै हो ।  कोरोना भाइरसले चीनलाई चौपट बनाएको छ । कोभिडका कारण लाखौंले ज्यान गुमाए । देशको अर्थतन्त्र पूर्णरूपमा ध्वस्त भएको छ । विगत तीन वर्षसम्म कोभिड नियन्त्रण गर्न लगाइएको कठोर प्रतिबन्ध र बन्दाबन्दीका कारण मानिसहरू परिवार बढाउने योजना थाति राख्न बाध्य बनेका छन् । जनगणनाको नतिजाले पनि चीनको जनसंख्या दशकौंयताकै सुस्त दरमा बढेको देखाएको छ । हुनत अहिले जापान र दक्षिण कोरियालगायत अन्य पूर्वी एशियाली देशहरूमा पनि जनसंख्या संकुचन र वृद्ध जनसंख्या बढ्ने समस्या व्याप्त छ । चीनमा पनि यो प्रवृत्ति जारी रहने र कोभिडका कारण यो प्रवृत्ति झनै खराब हुन सक्ने इकोनोमिष्ट इन्टेलिजेन्स युनिटका प्रमुख अर्थशास्त्री युई सुले बताएकी छिन् ।  चीनमा युवा बेरोजगारी दर उच्च छ । अनि आय घट्ने अपेक्षाका कारण पनि युवा पुस्ताले विवाह र सन्तानोत्पादनको योजना पछाडि धकेलिरहेकोले नवजात शिशुको संख्या घटेको उनको भनाइ छ । चीनले सन् १९७९ मा ल्याएको एक सन्तान नीतिका कारण पनि जनसंख्याको बनोट फेरिएको हो । सो नीति लागू भएपछि नीति उल्लंघन गर्ने परिवारलाई जरिवाना तिराइयो । केही त जागिरैसमेत गुमाए । छोरीलाई भन्दा छोरालाई बढी महत्त्व दिने संस्कृतिले पनि गर्भपतन बढायो । सन् १९८० को दशकदेखि लैंगिक अनुपात फेरियो । महिलाभन्दा पुरुष जनसंख्या धेरै हुन थाल्यो ।  सरकारले सन् २०१६ मा एक सन्तानको नीति खारेज गर्यो । जनसंख्याको प्रवृत्ति उल्ट्याउनै नसके पनि सुस्ताउने क्रम रोक्न दम्पतिलाई २ सन्तान जन्माउन प्रेरित गर्न सरकारले कर छूट दिने लगायत उपायहरू अपनायो । सन् २०२२ को अक्टोबरमा सिले जन्मदर बढाउनुलाई प्राथमिकता नै बनाए । चीनले जनसंख्या घट्ने क्रम रोक्ने हो भने यस्ता खालको प्रोत्साहन दिएर मात्रै पुग्दैन । घरपरिवार र कार्यस्थलमा लैंगिक समानतामा सुधार्नु पर्ने नेशनल युनिभर्सिटी अफ सिंगापुरका परिवार तथा जनसंख्या अनुसन्धान केन्द्रका निर्देशक बुसरावण तिराविचितचाइनानले बताएका छन् । घट्दो जनसंख्या असर अहिले नै चीनको आर्थिक वृद्धिदरमा देखिन्न । तर, यो त्यहाँको सरकारले अहिले नै सम्बोधन गर्नुपर्ने सवाल हो । एजेन्सी

डाक्टरलाई प्रश्न : गर्भनिरोधको लागि जेडेल इम्प्लान्ट नै किन ?

काठमाडौं । आजको युवापुस्ता योजनाबद्ध जीवन जिउन चाहन्छ । करिअरमा अघि बढ्नुका साथै आफ्नो व्यक्तिगत जीवनका विभिन्न योजना उनीहरु बनाउँछन् । विवाह कहिले गर्ने ? सन्तान कहिले, कति जना जन्माउने ? जस्ता जीवनका महत्वपूर्ण योजना बनाइरहेका हुन्छन् । केही दशकअघिसम्म यस्तो योजना सायदैले बनाउँथे होलान् । विवाह भयो, तत्काल सन्तानको योजना छैन तर गर्भ रह्यो […]