रवि लामिछानेले गरे काठमाडौंको महांकालमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लामिछानेले काठमाडौंमा मतदान गरेका हुन् । आइतबार बिहानै उनले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रमा पुगेर मतदान गरेका हुन्। मतदाता नामावलीमा नाम चितवनबाट नभएकाले उनले काठमाडौंमा मतदान गरेका हुन् ।

सम्बन्धित सामग्री

चितवनमा घण्टी बजिसक्यो : रवि लामिछाने

बेसिक स्कुल कालिका नगरपालिका–२ मा उनले मतदातासामु भने, ‘किला गडिसक्यौं त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईहरुले जित्ने हो ।’

रवि लामिछाने गरे मतदान

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौँको क्षेत्र नं ३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदानका लागि उनी आइतबार बिहान ७ बज्नुअघि नै मतदानस्थल पुगेका थिए। मतदानपछि मतदानस्थलमा प्रतिक्रिया दिँदै उनले आफ्नो निर्वाचन क्षेत्र पनि रहेको चिवतन प्रस्थान गर्न लागेको बताए।