नोबेल मेडिकल कलेजका विद्यार्थी उत्रिए सडकमा, राजमार्ग अवरुद्ध

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरूले शुक्रवार राजमार्ग बन्द गरेका छन् ।  उनीहरूले विराटनगरको कन्चनबारीमा चक्काजाम गरेका हुन् ।  आन्दोलनलाई पाँच विद्यार्थी संगठनले समर्थन गरेका छन् ।  चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस पढ्ने विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले कलेज प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् ।