अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न– पाँचदलीय गठबन्धनमा कुन–कुन दल छन् ?

अर्थमन्त्री जनार्दन शर्माले पाँच दल मिलेर सत्ता गठबन्धन बनेको बताएपछि एमाले सांसदले गठबन्धनमा रहेका ५ दलको नाम सोधेका छन् । बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गठबन्धनमा रहेका पाँच दलको नाम सोधेका हुन् । ‘अर्थमन्त्रीज्यूले श्वेतपत्र पढ्ने क्रममा ५ दलीय गठबन्धन भन्नुभयो, त्यो गठबन्धनका पाँच दल कुन–कुन हुन् ?’ श्रेष्ठले प्रश्न गरे । जवाफका क्रममा मन्त्री शर्माले गठबन्धनमा पाँच दल नै सहभागी रहेको बताए ।  ‘गठबन्धनमा राजनीतिक दल नै छन्, दुईतीनवटा कम्युनिस्ट पार्टी, जस...

सम्बन्धित सामग्री

माओवादी सांसदको प्रश्न : प्रतिपक्ष दलहरूको धर्म सरकारको विरोध गर्नु मात्रै हो ?

काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरूको धर्म सरकारको विरोध मात्रै गर्नु हो भन्दै प्रश्न गरेका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजाना खोज्दा पनि प्रतिपक्षले विरोध गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरि घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गरे। उनले भ्रष्टहरूलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाउ गरे

सांसदको प्रश्न ‘माध्यमिक विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ’

काठमाडौँ,१२ असार । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले माध्यमिक विद्यालयका पाठ्यपुस्तक अहिलेसम्म नपुगेको विषयमा गम्भीर ध्यान दिन आग्रह गरे । नेता भट्टराईले शैक्षिक शत्र सुरु भएको एक महिना १३ दिन बितिसक्दा […]

संसदमा एमाले सांसदको प्रश्न: अर्थमन्त्रीको राजीनामा कहिले आउँछ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। आइतबार संसदको शून्य समयमा एमाले सांसद घनश्याम खतिवडाले अर्थमन्त्री शर्माको राजीनामा कहिले आउँछ भनेर प्रश्न गरेका हुन्। खतिवडाले भने, ‘करका दर मनलाग्दी तरिकाले हेरफेर गरिएको छ। महंगी अचाक्ली बढेको छ, जनताले जीवन धान्न सक्ने अवस्था छैन।’ यसैगरी,   एमालेका अर्का सांसद […]

किसानका लागि आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग

३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले तत्काल किसानका लागि आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सांसद राईले किसानको लागि अतिआवश्यक मलको व्यवस्था तत्काल गर्न नसके सरकारको औचित्य समाप्त हुने चेतावनीसमेत दिए । सोमबार प्रतिनिधिसभा बैठकमा पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत रासायनिक मल र त्यसको भण्डारणसम्बन्धि जरुरी […]

काँग्रेस सांसदको प्रश्न : यो सदनलाई कतिञ्जेल बिजनेसबिहिन बनाउने हो ?

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले प्रतिनिधिसभालाई कतिञ्जेल बिजनेस बिहिन बनाउने हो भन्दै प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कार्यसूची हेर्दा केही काम नभएको भन्दै संसद कहिलेसम्म बिजनेस बिहिन बन्ने बताए । उनले भने–‘ प्रतिनिधि सभालाई कहिलेसम्म बिजनेस बिहिन बनाउने हो ? आज पनि कार्यसूची हेर्दा कुनै विषय नै छैन् । तसर्थ हामी जनताका सामु कति लज्जित भएर बस्नुपर्ने हो ? यसमा पनि सुदृढिकरण होस् ।’सांसद राजभण्डारीले उखु किसान फेर

काँग्रेस सांसदको प्रश्न– जबज दुनियाँको कुन कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ ?

राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले नेकपा एमालेका सांसदहरुलाई जनताको बहुदलीय जनवाद (जबज) दुनियाँको अन्य कुन मुलुकको कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ भनेर प्रश्न गरेका छन् ।राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले एमालेले अंगिकार गर्दै आएको जबज विश्वका कुनै पनि मुलुकमा नभएको तर्क गरे ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले वर्तमान सरकार परमादेशबाट बनेको भन्दै विश्वको कुनै पनि मुलुकमा यसरी परमादेशबाट सरकार नबनेको टिप्पणी गरेपछि काँग्रेसका सांसद देवले

सांसदको प्रश्न : ‘छाउगोठ भत्काएपछि त्यहाँका महिला के गरिरहेका छन् ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद गोपालबहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम

कांग्रेस सांसदको प्रश्न : रेलको सपना देखाउने, पैदलमार्ग पनि नबनाउने ?

११ असार, काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बजेट विनियोजनमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत विनियोजित बजेट र योजनामा सरकारले सर्वत्र देखिने गरी विभेद गरेको टिप्पणी गरेका हुन् । नवनिर्माणका सवालमा रेलमार्ग र …

संसदीय सुनुवाइमा एमाले सांसदको प्रश्न -भरतपुर फैसला किन ढिलाइ ?

काठमाडौं, १ साउन -सर्वोच्च अदालतको प्रधानन्यायाधीकमा सिफारीश कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको संसदीय सुनुवाइका क्रममा प्रमुख प्रतिपक्षी दल