हप्तामा एक दिन स्वयंसेवीहरुबाट सफाई हुँदै आएको वाग्मती नदी अन्तर्गत शनिबार पशुपति क्षेत्रको भष्मेश्वर घाट क्षेत्रबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको चार सय ९५औँ हप्ताका अवसरमा पशुपति क्षेत्रमा शुक्रबार हरिबोधिनी एकादशीमा भक्तजनले चढाएको फूलपाती प्रसाद टपरी आदि सफाइ गरिएको थियो । भष्मेश्वर घाटबाट निस्केको कुहिने फोहरलाई खाल्डो खनी वाग्मती …