आयल निगमको कार्यकारी निर्देशक नियुक्तिको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस भएको छ ।  कार्यकारी निर्देशक नियुक्तिको लागि गठित सिफारिस समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रसाद सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो ।आवेदकले पेश गरेको योग्यता, तथा व्यवसायिक कार्ययोजना र  प्रस्तुतिकरणलाई आधार मानेर ३ जनाको नाम सिफारिस गरिएको समितिले जनाएको छ । अब यी मध्येबाट मन्त्रिपरिषद्को बैठकले १ जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धा मार्फत नियुक्त गर्नको लागि आवेदन खुलाएकोमा १७ जनाले आवेदन दिएका थिए। कार्यकारी निर्देशकको लागि जीवन प्रकाश सिटौला, विष्णु बाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा. चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकज कुमार दास, हरिवंश आचार्य, आनन्द प्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र संजय कुमारले आवेदन दिएका थिए।आवेदन दिनको लागि नेपालको नागरिक भएको, निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ्ग वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनु पर्ने ब्यबस्था थियो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने छ। साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम पैंतीस वर्ष पुरा भई पैंसट्ठी वर्ष उमेर ननाघेको हुनु पर्ने ब्यबस्था थियो ।दरखास्तसाथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा १० को उपदफा ३ वमोजिमका कागजात तथा विवरण स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने ब्यबस्था थियो  ।  दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साईजको फोटो तथा निर्देशिकाको दफा १० को उपदफा ४ वमोजिमको व्यवसायिक कार्ययोजना (पाँच हजार शब्दमा नवढ्ने गरी) छुट्टै खाममा सिलवन्दी गरी मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा दरखास्तसाथ पेश गर्नुपर्नेछ । सिलवन्दी खाम बाहिर “नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि आवेदन तथा व्यवसायिक कार्ययोजना' उल्लेख गरेको हुनुपर्ने ब्यबस्था गरिएको थियो । 

सम्बन्धित सामग्री

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोट समितिको बैठकले भिमसेनथापा एक गोरखाका चण्डिकाप्रसाद भट्ट, आठराइ दुई तेह्रथुमका जीवनप्रकाश सिटौला र विरेन्द्रनगर एक सुर्खेतका उमेशप्रसाद थानीको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो । कार्यकारी निर्देशकका लागि आवेदन दिएका १६ जनामध्ये प्रतिष्पर्धामा […]

निगमको कार्यकारी निर्देशकका लागि तीन जना सिफारिस

काठमाडौँ। नेपाल आयाल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। छनोट समितिको बैठकले डा. चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

आयल निगमको कार्यकारी निर्देशकका लागि भट्ट, सिटौला र थानी सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस भएको छ । निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बुधबार बसेको  बैठकले तीनजनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेहरूमा गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेशप्रसाद थानी रहेका छन् । आयल निगमको कार्यकारी निर्देशक पद रिक्त...

आयल निगमको नेतृत्वमा तीन जनाको नाम सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय अन्र्तगतको छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।समितिले चन्डिकाप्रसाद भट्ट, जिवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाफा सिफारिस गरेको हो । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद् बैठकले निगमको नेतृत्व सुम्पिने छ ।निगमको कार्यकारी पदको आवेदन खुलाएपछि १७ जनाले आवेदन दिएका थिए । ती मध्येबाट ३ जना सिफारिस भएका हुन् । यसअघिका निवर्तमान कार्यकारी निर्