रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले 'रुसको अर्थतन्त्रको मुख्य धमनी' लाई नै प्रहार गर्ने बताएका छन्।ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्।रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा 'विध्वंसक' नतिजा ल्याउने चेतावनी दिएको थियो।उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ।युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ। अमेरिकाले हालसम्म ४,००० रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ।अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो।बाइडनले भने, 'हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।''यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन्।'उनले यो कदम 'देशभित्र असर पर्ने' मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए। उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्। तर उनले भने 'यसले के गर्छ भने रुसमाथि दबाव थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ।'अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ।तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।युरोपेली आयोगले 'सन् २०३० भन्दा पहिले' रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ।अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ।तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ। यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ। -बिबिसीबाट 

सम्बन्धित सामग्री

चिसो कपालमा तेल लगाउँदा...

- कतिपयले नुहाएपछि चिसो कपालमै तेल लगाएर बाहिर निस्कने गरेको देखिन्छ । तर, चिसो कपालमा तेल लगाउँदा नकारात्मक असर गर्छ ।  - नुहाएर वा बाहिर आकाशको पानीले भिजेको कपालमा तेल लगाउनु हुँदैन । चिसो...

सहकारीमार्फत शुद्ध तोरीको तेल

टीकापुर (कैलाली), १५ मङ्सिर । कैलालीको टीकापुरमा महिलाले सञ्चालन गरेको सहकारीमार्फत शुद्ध तोरीको तेल उपलब्ध गराइने भएको छ । महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था टीकापुरले दुई वर्षदेखि सञ्चालन गरेको मिलले शुद्ध तोरीको तेल उपलब्ध गराउने गरेको हो । सहकारीले एक जना कामदार राखेर शुद्ध तेल उत्पादन गरिरहेको छ । सहकारी आफैँले तोरी खरिद गरेर तेल […]

सुत्केरीलाई तेल मसाज गर्नु जरुरी छ ?

काठमाडौं । नेपाली समाजमा सुत्केरीलाई तोरीको तेल लगाएर मसाज गरिदिने चलन छ । सुत्केरी अवस्थामा तेल लगाउँदा महिलाको शरीर बलियो हुने र स्वास्थ्य समस्या कम हुने बताइन्छ । नेपाललगायत दक्षिण एसियामा यस्तो चलन रहे पनि पाश्चात्य मुलुकमा भने शिशु र सुत्केरीलाई तेल लगाउने गरिंदैन । त्यसो भए सुत्केरी भएपछि तेल लगाउनु अनिवार्य छैन त ? […]

अन्यको तुलनामा तोरीको तेल कसरी राम्रो ?

तरकारीमा तेल अनिवार्य जस्तै मानिन्छ । तोरी, सूर्यमुखी र भटमासका तेल बजारमा पाइन्छन् । तेलले तरकारीलाई स्वादिलो बनाउने त छ नै स्वास्थ्यका लागि पनि यो महत्वपूर्ण हुन्छ । त्यसमा पनि तोरीको तेल परम्परागत रुपमै गाउँघरमा समेत उत्पादन गर्न सकिने भएकाले यसको प्रयोग व्यापक छ । तर आजभोलि सनफ्लावर र सोयाबिन तेल पनि उत्तिकै प्रयोगमा छन् […]

चिसो कपालमा तेल लगाउनु घातक

कतिपय मानिस नुहाइसकेपछि चिसो कपालमै तेल लगाएर बाहिर निस्कने गर्छन् । तर, चिसो कपालमा तेल लगाउँदा नकारात्मक असर पर्छ । नुहाएर वा बाहिर आकाशको पानीले भिजेको कपालमा तेल लगाउनुहुँदैन । चिसो कपालमा तेल लगाउँदा...

भन्सार महसुल वृद्धिले २६ वटा तेल उद्योग बन्द हुनसक्छ : घिउ तेल उत्पादक संघ

२२ जेठ, काठमाडौं । नेपाल वनस्पति घिउ तेल उत्पादक संघले भन्सार महसुल वृद्धि गर्ने सरकारको नीतिले २६ वटा तेल उद्योग बन्द हुने अवस्थामा पुग्ने दाबी गरेको छ । सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटमार्फत तेल उद्योगले आयत गर्ने तोरी, भटमास, पाम लगायतका तेलका कच्चा पदार्थको भन्सार महसुल एक प्रतिशतबाट १० प्रतिशत पुर्‍याइएको संघका अध्यक्ष विकास दुगडले […]

नेपालमा उत्पादित तेल महँगो हुने

काठमाडौं, जेठ १७ । नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल (क्रुड आयल) को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा कच्चा तेलको भन्सार १० प्रतिशत पु(याउने निर्णयसँगै नेपालमा उत्पादित प्रशोधित तेलको भाउ महँगो हुने भएको हो । नेपाल वनस्पति घिउ तेल […]

शुद्ध तेल चिन्ने कसरी ?

हाम्रो खानेकुरामा तेल अनिवार्य जस्तै नै हुन्छ । तोरी, भटमास र सूर्यमुखीको तेल भान्सामा धेरै खपत हुन्छन् । जैतुनको तेल अर्थात् ओलिभ आयल पनि केही मात्रामा प्रयोग हुने तेलमा पर्छ । खानेकुरामा तेल प्रयोग गरिरहँदा यो कति स्वास्थ्यवद्र्धक छ भन्नेमा भने हामीमध्ये धेरैले चासो दिएका हुँदैनौं । कुनै पनि तेलले बेफाइदा त गर्दैन तर कति […]

जहाजमा तेल हाल्न जाँदै गरेको ट्यांकर पल्टियोः तेल पोखियो, उडान अवरुद्व

पोखरा, जेठ १७ । पोखरा विमानस्थलमा जहाजको तेल बोकेको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले आज विहान जहाजमा तेल भर्न जाँने क्रममा ट्यांकर पल्टिएको हो । ट्यांकर पल्टिएपछि अहिले पोखराबाट हुने सम्पूर्ण उडान तथा अवतरणहरु बन्द भएका छन् । ट्यांकर पल्टिदा हवाई इन्धन (तेल ) पोखिए पनि आगो भने […]

अफगानिस्तानले कच्चा तेल निकाल्ने

एजेन्सी, २८ चैत्र । अफगानिस्तानले कच्चा तेल निकाल्ने निर्णय गरेको छ । तालिवान सत्तामा आएपछि उत्तरी प्रान्तको तेल पाइने क्षेत्रहरुबाट निकाल्ने निर्णय गरेको उल्लेख छ । यो अफगानिस्तानमा दोस्रो मुख्य आयोजना उद्घाटन भएको हो । यसअघिको आयोजना सारी पुल प्रान्तमा उद्घाटन गरिएको थियो । जहाँ दैनिक २०० टन कच्चा तेल निकाल्ने योजना बनाइएको छ । […]