ओखलढुंगा दुर्घटना अपडेट : ३ जना प्रहरीको मृत्यु, ६ जना घाइते

ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटना आज बिहान साढे ८ बजे भएको हो । सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना भएको हो ।  प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान रूपक विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो । बोलेरो जिल्ला प्रहरी कार्यालय सोलुख