वैशाख ३० गते खाेप सेवा बन्द हुने

काठमाण्डाै – पालिका चुनावको दिन वैशाख ३० गते शुक्रवार खोप सेवा बन्द हुने भएको छ । मतदानको दिन मतदान केन्द्रहरूमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्थानीय स्वाथ्यकर्मीले पनि मताधिकार प्रयोग गर्नुपर्ने भएकोले कोरोनाविरुद्धको खोपसँगै अरू नियमित खोप सेवा बन्द हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले सबै मतदान केन्द्र नजिक खोप केन्द्र पनि राखेर कोरोनाविरुद्धको खोप लगाउने बताएको थियो । मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर वैशाख ३० गते खोप कार्यक्रम नहुने भन्दै कोरोनाविरुद्धको ...