सुरक्षा रणनीति परिमार्जन गरिँदै

आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वासिलो बनाउन गृह मन्त्रालयले सातै प्रदेशमा निर्वाचन सुरक्षा गोष्ठी सञ्चालन गरिरहेको छ । प्रदेश–१, मधेस, वाग्मती र लुम्बिनीमा गोष्ठी भइसकेको छ भने अन्य प्रदेशमा केही दिनमै गोष्ठी गरिसक्ने गृहको तयारी छ । जनमत तान्न शीर्ष नेताका उत्तेजक अभिव्यक्ति र निर्वाचनविरोधी समूहका सम्भावित गतिविधिलाई मध्यनजर गरी गृहले सुरक्षा रणनीति परिमार्जन गरिरहेको छ ।

सम्बन्धित सामग्री

नेपाली सेना सुरक्षा रणनीति परिमार्जन गर्दै

नेपाल समाचारपत्र, काठमाडौ । नेपाली सेनाले वार्षिक सुरक्षा नीति निर्माण गर्ने उद्देश्यले प्रथम कमाण्ड सेनापति सम्मेलन बिहीबारबाट शुरू भएको छ । सैनिक मुख्यालयमा शुरु भएको यस सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा छलफल गर्न र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने जानकारी दिइएको छ । नेपाली सेनाले आफ्नो संरचनालाई कमान्ड अवधारणामा लगेपछि पहिलो पटक […]