कोरोना महामारी रोक्न महायज्ञ, ६३ हजार भेटी संकलन

बैतडी : कोरोना संक्रमणको चौथो लहर रोकथाम तथा नियन्त्रणको कामनासहित बैतडी सदरमुकामस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्‍ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ।कर्मचारी मिलन केन्द्रका तर्फबाट उक्त मन्दिरमा सप्‍ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको हो।कोरोना महामारी नियन्त्रणको कामना गर्दै महायज्ञको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। यसका साथै शान्तिसुरक्षा अमनचयन, समस्त प्राणीको कल्याण, विश्व शान्ति, विपद्का घटना नहोउन् भन्