नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शुक्रवार भेटवार्ता गरेका छन् ।
देउवालाई भेट्न प्रचण्ड शुक्रवार साँझ बूढानीलकण्ठ पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पुर्याउन नदिने रणनीति बनाएका कांग्रेस र माओवादीबीच नयाँ सरकार गठनको विषयमा समेत छलफल चलिरहेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले समेत देउवालाई छुट्टाछुट्टै भेटिसकेका छन् ।