पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा…

सिरहा । सिरहाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन् । आफ्नै साथीले चलाएको पेस्ताेलबाट निस्केकाे गोली पेटमा लाग्दा लाहान नपा-२२ बेलहीका करिब १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् । मुखियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरान पठाएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। उनीहरू स्थानीय नवीन चौधरीको […] The post पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा… appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लुटेराकाे समूहलाई गाउँलेहरूले समाते, गाेली लागेका कर्मचारीलाई वीरगञ्ज पठाइयाे

रौतहटमा लुटेराकाे गाेली प्रहारबाट शिवम् मनी ट्रान्सफरका सञ्चालक गम्भीर घाइते भएका छन् । गाेली लागेर घाइते भएका नितेश शाहलाई थप उपचारका लागि वीरगञ्ज पठाइएकाे छ ।

खुकुरी हान्नेलाई प्रहरीकाे गाेली…

नेपालगञ्ज – बाँके प्रहरीले एक युवकलाई गाेली हानेर नियन्त्रणमा लिएकाे छ। काेहलपुरमा केही दिन अघि मिनबहादुर विकलाई खुकुरी प्रहार गरेका आकाशजंग रानालाई प्रहरीले गाेली हानेर नियन्त्रणमा लिएकाे हाे। बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीका अनुसार, प्रहरीलाई देखेपछि भागेका रानालाई तिघ्रामा गाेली हानेर नियन्त्रणमा लिइएकाे छ। प्रहरीले तीन गाेली हानेकाेमा रानालाई एक गाेली लागेकाे थियाे। प्रहरीले […]

धनुषामा गाेली लागेर एक जनाकाे ज्यान गयाे

धनुषा - धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गाेली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–२ का धानुक दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली लागेर घाइते भएका ४० वर्षीय दासको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाइ छ । गोली चलाउनेको खोजी भइरहेको छ ।

बारामा भारतीय नागरिकमाथि गाेली प्रहार

बारा। बारामा एक भारतीय नागरिकमाथि गाेली प्रहार भएकाे छ । महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै हाेटेलमा बसेर खाजा खाँदै गरेका भारत पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादवमाथि शुक्रबार साँझ गाेली प्रहार भएकाे हो। जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार घाइतेको वीरगन्जस्थित न्यूराे अस्पतालमा उपचार भइरहेकाे छ । यादवकाे छातीमा गाेली लागेकाे […]

मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एकको मृत्यु, तीन घाइते

काठमाडाैं । बाजुराकाे एक मतदान स्थलमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे ज्यान गएकाे छ । त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएकाे छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ । गाेली लागेर उहाँ घाइते हुनुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।  पाकिस्तानकाे पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विराेध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार भएकाे हाे । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेकाे छ ।  पाकिस्तान तहरीक-ए-इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानकाे खुट्टामा गाेली लागेकाे बताउनुभएकाे खबरमा उल्लेख छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ...

बिहारकाे सडकमा जाे भेटियाे उसैलाई गाेली प्रहार, ११ मध्ये एक जनाकाे मृत्यु

प्रहरीले सीसीटीभी फुटेजमा माेटरसाइकलमा सवार रहेका दुई जनाले बाटाेमा भेटिएका मानिसलाई गाेली हान्दै अगाडि बढेकाे देखिएकाे जनाएकाे छ ।

गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जोकाे निधन

एजेन्सी- गाेली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेकाे निधन भएकाे छ। शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियाे। उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे। जापानी मिडियाका अनुसार गाेली लागेपछि आबेलाई कार्डियाक अरेस्ट भएकाे थियाे। प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।  संदिग्ध व्यक्ति तेत्सुया […]

प्यूठानमा गाेली हाेइन, दुई राउन्ड अश्रुग्यास मात्रै प्रहार: प्रजिअ भुसाल

दाङ- नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठान जिल्लामा क्षेत्रीय निर्वाचनकाे मतगणनास्थलमा गाेली नचलेकाे प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन्। मतगणना स्थलमा झडपकाे स्थिति भएपछि प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रजिअ भुसालले बताए। ‘अहिले अवस्था सामान्य छ । झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी र दुई जना नागरिक घाइते हुनु भएको छ,´प्रजिअ भुसालले […]