सर्वोच्चले मगायो ढुंगेललाई जेल मुक्त गर्ने निर्णयको सक्कल फाइल

सर्वोच्च अदालतले कर्तब्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सरकारको निर्णय मगाएको छ। सोमबार न्यायाधीश मीरा खड्का र टंक मोक्तानको इजलासले ढुंगेलको कैद मिनाहा गर्ने सरकारी निर्णयको सक्कल फाइल झिकाउने आदेश गरेको हो। मंगलबार गणतन्त्र दिवसको दिन पारेर ढुंगेलको कैद मिनाहा गर्ने सरकारको तयारी छ। सर्वोच्चले आज उक्त निर्णय…