श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने, तत्काल निर्माण प्रक्रिया अघि बढाउन कार्यदलको सुझाव

काठमाडौं : श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले अस्पताल निर्माणका लागि २० अर्ब लागत लाग्ने सुझाव दिएको छ। अस्पतालका लागि तत्काल १० बिघाह जग्गा र दीर्घकालका लागि २५ बिघाह जग्गा आवश्यक पर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ। आइतवार श्रम,रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई बुझाइएको ३५ पेजको प्रतिवेदनमा १३ वटा…