‘बजेट होलिडे’ हट्यो, राष्ट्रपतिद्वारा विधेयक प्रमाणिकरण

‘बजेट होलिडे’ को अवस्था हटेको छ । बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ ।बजेट पारित नहुँदा भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने अवस्था थियो । अब त्यो टरेको छ ।प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्ले नागरिकता विधेयक प्रमाणिकरण गर्ने बाटो खोल्यो

राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति कार्यालयमा साउन देखि थन्किएको बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण गर्न मन्त्रिपरिषद् बैठकले आग्रह गरेको छ।...

राष्ट्रपतिबाट दुई विधेयक प्रमाणिकरण

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीले दुईवटा विधेयक प्रमाणिकरण गरेकी छिन्। नागरिकता विधेयक संविधानअनुसार प्रमाणिकरण नगरेर विवादमा तानिएकी भण्डारीले लगत्तै दुईवटा विधेयक प्रमाणिकरण गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न […]

ओलीकै निर्देशनमा नागरिकता विधेयक प्रमाणिकरण भएनः नागरिकताविहिन संघर्ष समिति

काठमाडौं, ८ असोज । नागरिकताविहिन संघर्ष समितिले राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा नागरिकता विधेयक प्रमाणिकरण नगरेको आरोप लगाएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिले यस्तो आरोप लगाएको हो । समितिका अध्यक्ष इन्द्रजित साफीले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगर्नुमा पार्टीगत निर्णयको असर भएको […]

नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ– सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ ।  बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो ।  संसद्का दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च दायर गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले […]

राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणिकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका ६ वटा विधेयक प्रमाणिकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले विभिन्न ६ वटा विधेयक पमाणिकरण गरेको जानकारी दिए । प्रमाणिकरण हुने विधेयकमा खानेपानी तथा सरसफाइ ऐन २०७९(तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप […]

नगरिकता विधेयक प्रमाणिकरण नभए आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं। नगरिकता विधेयक प्रमाणिकरण नभए आन्दोलन गर्ने माओवादी अध्यक्ष प्रचण्डले चेतावनी दिएका छन्। निर्वाचन अवधिभर कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। भोलिदेखि राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ। भदौ २९ गतेदेखि नयाँ नोट सटही गर्न पाइने छ। यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ।

नागरिकता विधेयक प्रमाणिकरण हुन्छः प्रचण्ड

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण हुने बताएका हुन्।...

राष्ट्रपतिद्धारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणिकरण

काठमाडौं, १८ साउन । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणिकरणको लागि पेश भएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणिकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न बाटो […]