राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यस पालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् । गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु ए