युक्रेन युद्धबारे छलफल गर्न बाइडेन-सी वार्ता हुने

काठमाडौं : युक्रेनमाथि रुसी आक्रमणबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचआज टेलिफोन वार्ता हुने भएको छ।युक्रेनमाथि रुसी आक्रमणबारे चिनियाँ राष्ट्रपति सीको धारणा बुझ्न बाइडेनले टेलिफोन वार्ता गर्न लागेको ह्वाइट हाउसले जनाएको छ।  उनीहरुबीच आज साँझ टेलिफोन वार्ता हुनेछ। सोमबार इटालीको रोममा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र  चिनियाँ उच्च कूटनीतिज्ञ याङ जिएछी बीचको भेटपछि बाइडेन र सीबीच कुराकानी गर्ने सहमति भएको थियो। गत