वाग्मतीमा ट्याक्सी भाडा बढ्याे, अब न्यूनतम ६० रुपैयाँ

काठमाण्डाै – वाग्मती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रकाशित गरी आउने माघ १ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरिएको जनाएको हो ।अब ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुल्क ६० रुपैयाँ तिर्नुपर्ने छ । त्यसपछि हरेक दुई सय मिटरको यात्रापछि नाै रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।सूचनाअनुसार ट्याक्सीहरूले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने छ । ट्याक्सी प्रयोग गर्नेबित्तिकै सेवाग्राहीलाई ट्याक्सी नम्बर, च...