युक्रेनलाई सैन्य सहयोग गर्न जी-७ राष्ट्र सहमत

काठमाडौं : जी–सेभेनमा आबद्ध देशहरुले युक्रेनलाई थप सैन्य सहयोग गर्ने भएका छन्। अमेरिका, युरोप लगायत प्रभावशाली देशहरुको समूह जी–सेभेन सम्भेलनमा सहभागी नेताहरु रुसविरुद्ध एक हुँदै युक्रेनलाई थप सैन्य सामग्री सहयोग गर्न सहमत भएका हुन्। यी देशहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनाहकमा युक्रेनमाथि आक्रमण गरेको निष्कर्ष निकाल्दै युक्रेनलाई सक्दो सैन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जी–सेभेन सम्मेलनलाई भिडियो मार्फत् सम्बोधन गर्दै युक्रेनी राष्ट्