हमास समूह वर्षाैं अघिको अवस्थामा पुग्यो : इजरायली प्रधानमन्त्री नेतान्याहु

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुको कारबाहीबाट प्यालेस्टाइनको सुन्नी इस्लामिक कट्टरपन्थी समूह हमासमा ठूलो क्षति भएको बताउनुभएको छ । प्रधानमन्त्री नेतान्याहूले इजरायलले नौ दिनसम्म गरेको कारबाहीबाट आतंककारी समूहमा क्षति भएको र अब हमास धेरैवर्ष पहिलेको अवस्थामा फर्किएको बताउनुभएको बीबीसीले जनाएको छ । इजरालयले गाजामा हमासमाथिको कारबाही जारी राखेको छ भने हिजो प्यालेस्टाइनको रकेट प्रहारबाट इजरायलमा दुई जना विदेशी कामदारको पनि ज्यान गएको नेतान्याहुले बताउनुभयो । उहाँले आ...