पोखराको मुख्य बजार महेन्द्रपुलको सडक भासियो

अविरल वर्षाका कारण गएराति पोखराको मुख्य बजार महेन्द्रपुलको सडक भासिएको छ । भासिएको सडक स्थानीयको सहयोगमा प्रहरीले पुरेको छ ।  पोखरा महानगरपालिका वडा नम्बर ९, महेन्द्रपुलस्थित गरिमा विकास बैंकको शाखा रहेको भवन अगाडिको पक्की पिच सडक भासिएको हो । करिव ५ मिटर लामो र ३ मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको होे । मुख्य बजार क्षेत्रकै सडक यसरी भासिएपछि स्थानीय त्रसित बनेका छन् । नजिकै पार्किङ गरिराखेको कारको केही भाग धसिएकोमा प्रहरी र स्थानीयले उचालेर सुरक्षित स्थानमा लगेका थिए ।  सडकमा भ्वाङ परेको देखेपछि...