६ लाख घुससहित उपसचिव पक्राउ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उपसचिव घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख घुससहित पक्राउ गरेको हो ।  उपसचिव नेपालले प्याराग्लाइडिङको लाइसेन्स दिएबापत घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेको आयोग स्रोतले प्रशासनलाई दिएको जानकारी दिएको छ ।  उनलाई काठमाडौँ महानगरपालिका वडा नं. १ […]