सुर्खेत १ बाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निर्वाचित

सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका खड्का एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।खड्काले ४२ हजार ६०७ मत ल्याएर विजयी भएका छन् भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएर पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर २ बाट हृदयराम थानी यसअघि नै निर्वाचित भइसकेका छन् ।

सम्बन्धित सामग्री

संसदीय दलको नेतामा देउवाको उम्मेदवारी, रामचन्द्र प्रस्तावक र पूर्णबहादुर समर्थक

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

संसदीय दलको नेतामा देउवाको उम्मेदवारी, रामचन्द्र प्रस्तावक र पूर्णबहादुर समर्थक

दलको नेताका लागि उम्मेदवार बनेका देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

सुर्खेत-१ मा पूर्णबहादुर खड्का निर्वाचित

काठमाडौं, ८ मंसिर । सुर्खेत १ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ४२६०७ मत ल्याएर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् । निर्वाचित खड्का र पराजित शाहीबीच ११६१९ को मतान्तर छ । खड्का सत्ता गठबन्धनको साझा उम्मेदवार थिए ।

पूर्णबहादुर खड्का : गठबन्धनको आडमा जितको सुनिश्चितता खोज्दै

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बहुदल पुनस्र्थापना भएपछि २०४८, २०५१ र २०५६ सालको आम निर्वाचन जितेर लगातार सांसद, मन्त्री भए । नेकपा -माओवादी)को लहर चलेको २०६४ मा भने खड्काले संविधानसभामा पुग्ने समानुपातिकको बाटो रोजे । माओवादीको प्रभाव घटेको २०७० सालमा फेरि प्रत्यक्ष निर्वाचन जितेरै दोस्रो संविधानसभामा पुगे उनी । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि संघीय […]

सुर्खेत-१ बाट पूर्णबहादुर खड्का उम्मेदवार सिफारिस

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ ।

सुर्खेत-१ बाट पूर्णबहादुर खड्का सर्वसम्मत उम्मेदवार सिफारिस

१६ भदौ, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । त्यस्तै क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको प्रतिनिधि सभा एक क्षेत्रीय समितिका सचिव मोहन […]

पूर्णबहादुर खड्का कांग्रेस प्रशिक्षण प्रतिष्ठान प्रमुखमा मनोनीत

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का मनोनीत भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई शुक्रबार उक्त पदमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 'नेपाली कांग्रेसको विधान २०१७ को धारा ३६ (१) (क) बमोजिम नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर…