नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा समूहले रुपन्देहीको क्षेत्र नं. २ मा उम्मेदवारी घोषणा गरेको छ ।
सो समूहले शनिवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आगामी मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय समिति र ६ गते प्रतिनीधिसभा क्षेत्रीय समितिको निर्वाचन हुँदैछ ।
अधिवेशनबाट नेतृत्व लिनको लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा समूहबाट रुपन्देही २ मा प्रतिनिधि सभा क्षेत्रीय ...