परराष्ट्रमन्त्री ज्ञवाली ३ दिने भ्रमणका लागि पर्सी भारत जाने, यस्ता छन् एजेन्डा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि पर्सी भारतको नयाँदिल्ली जाने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली माघ १ गते अर्थात् १४ जनवरीमा भारत गएर १६ जनवरीमा स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, सीमा, कोभिड–१९ सहकार्य, पूर्वाधार, पहुँच, लगानी, कृषि, पर्यटन लगायत विषयमा छलफल हुने जनाइएको छ । मन्त्री ज्ञवाली दिल्लीमा रहँदा उच्चस्तरीय पदाधिकारीसँग भेट...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा भदौ ७ गते भारत जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ पहिलो साता भारत भ्रमण गर्ने भएका छन्। देउवाको भारत भ्रमणका लागि भदौ ७ देखि १० गतेसम्मको मिति तय भएको प्रधानमन्त्रीका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारले सेतोपाटीलाई  जानकारी दिए। भ्रमणको एजेन्डा र विस्तृत तालिका भने तय हुन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।