दलको नेता चयन भएपछि यादवले भने– संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछु

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउने बताएका छन् ।  बुधबार पार्टीको संसदीय दलको नेतामा निर्बिरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेन्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताएका हुन् । उनले पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भुमिकालाई सशक्त रुपले निर्वाह गर्ने बताए ।  जसपा वर्तमान परिवर्तन र संघीयताको बाहक भएको भन