काठमाण्डाै – सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाएर आयात घटाउने भने पनि खाद्यान्न आयात भने बढेको बढ्यै छ ।
११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको भन्सार विभागले जनाएकाे छ । यसमध्ये ४५ अर्ब २९ रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बिउ रहेको छ ।
यस्तै एक खर्ब १३ अर्ब रुपैयाँको घिउ–तेलजन्य वस्तु र कच्चा पदार्थ, ३४ अर्ब १५ करोड रुपैयाँको तरकारी, २२ अर्ब ७७ करोड रुपैयाँको फलफूल, आठ अर्ब ४४ करोड रुपैयाँको चिया–कफी र २७ अर्ब रुपैयाँको खाद्य उद्योगका लागि चाहिने कच्चा प...