नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग यही संसद्बाट टुंगो लाग्ने दाबी गरेका छन् । मंगलबार संसद्बाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यही संसद्ले प्रधानन्यायाधीशबिरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन् ।सोही अनुसार नै महाभियोग अघि बढाइएको उनले स्पष्ट पारे । उनले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा […]