काठमाण्डाै – प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्दा निष्कासित शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याउने कानुन कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा संशोधन गरेर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चित गरेको हो ।
अब कम्पनीहरूले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नुभन्दा अघि १५ दिनको अवधि तोकेर वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्रस्ताव आह्वान गर्नुपर्नेछ । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्...