अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरकोे शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र हकप्रद शेयर निष्कासन प्रयोजनको लागि यी दुई कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले रिलायबल नेपाल लाइफको  १६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४९७  दशमलव ८४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७७ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले अरुण भ्याली हाइड्रोपावरको शत प्रतिशत हकप्रद शेयरको समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १९० दशमलव १० कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २८० दशमलव २० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात दोस्रो बजारमा यी दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ ।