महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन्। नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले राजीनामा बुझाएको बडालले थाहाखबर जानकारी दिए।तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाललाई प्रधानमन्त्री ओलीले नियुक्त गरेका थिए। महान्यायाधिवक्ता कार्यालयले बडाललाई आजै बिदाइ गर्ने कार्यक्रम समेत राखेको छ।