काठमाडौँ– आन्दोलनरत नर्सहरूको मागबारे स्वास्थ्य मन्त्रालयसँग आज बिहीबार भएको वार्ता पनि कुनै टुंगोमा पुग्न सकेन। सरकारले कार्यदल नै गठन गरेर आन्दोलनरत नर्सहरूसँग आज छलफल गरेको थियो। माग सम्बोधनका विषयमा आज कार्यदलको बैठक बसे पनि कुनै टुंगोमा नपुगेको नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले बताइन्। भोलि सकारात्मक परिणाम आउने आशा शर्माले व्यक्त गरिन्।सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने […]
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन्। महाधिवेशनसम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने तयारीमा रहेका थापालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्का तयार नभएपछि खड्काले बिहीबारको बैठक बहिष्कार गरेका हुन्। आजको बैठकअघि खड्का, थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले छलफल गरेका थिए। उक्त छलफलमा थापाले आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी आफूले […]