नेपाल–बंगलादेश ऊर्जा व्यापार– ऊर्जा सहकार्य गर्न ५ बुँदे सहमति

नेपाल र बंगलादेशले आपसमा ऊर्जा सहकार्य गर्नका लागि ५ बुँदे सहमति गरेका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको सचिवस्तरीय बैठकमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न ५ बुँदे सहमति भएको हो ।सचिवस्तरीय बैठकबाट बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाइ भोल्टेज डाइरेक्ट करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपभोग गरेर नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सम्भव देखिएको छ । यसका लागि नेपाल र बंगलादेशका पक्षले आपसमा सहकार्य गरेर भारतीय पक्षलाई अवरोध खुलाउन अनुरोध गर्ने सहमति भएक