ए डिभिजन लिग : ओलावालेको ५ गोलमा मच्छिन्द्रको शानदार जित‚ आर्मीले जावलाखेललाई हरायो

काठमाडौं : राजधानीमा भइरहेको शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक १० गोल भएको दिन मंगलबार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले खुमलटारमाथि ७–३ को फराकिलो अन्तरले खेल जितेको छ। ललितपुरस्थित च्यासल मैदानमा  मंगलबार भएको लिगको आठौं चरणअन्तर्गतको खेलमा मच्छिन्द्रलाई जित दिलाउन ओलावाले अफिजले ५ तथा विमल घर्तीमगर र विजय भुजेलले १/१ गोल गरे। खुमलटारका लिग मेसौको ओलोमोउले २ र स्टेफन विनोङले १ गोल फर्काउँदै अन्तर घटाएका थिए।शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले अग्रता