बैङ्किङ कसुर मुद्दाका फरार व्यक्ती पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा एक जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका–१२ बस्दै आएका ५६ वर्षीय डल्ले कामीलाई बुधबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैङ्किङ कसुरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र १८ लाख रुपैयाँ […]

सम्बन्धित सामग्री

सात करोड ठगेर फरार रहेका चन्दन समातिए

महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा दमक नगरपालिका-७, कृष्णमन्दिर बस्ने वर्ष २९ को चन्दन जिन्दललाई बिहीबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको छ । झापा, बारा, पर्सा, सर्लाही बस्ने विभिन्न व्यक्तिहरूलाई विभिन्न बहानामा ठगी गरी फरार रहेको चन्दन जिन्दलविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैङ्किङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।