औद्योगिक क्षेत्रलाई थला पार्दै कोरोना संकट, निषेधाज्ञामा ६८ प्रतिशत उद्योगधन्दा प्रभावित !

कोरोना महामारीको दोस्रो लहरसँगै जारी भएको निषेधाज्ञाका कारण करीब ६८ प्रतिशत उद्योगधन्दा प्रभावित भएका छन् ।  निजी उद्योग तथा व्यवसायहरूको छाता संगठनको पछिल्लो तथ्यांकअनुसार गत वैशाख १६ गतेदेखि हालसम्म करीब ६८ प्रतिशत उद्योगधन्दा प्रभावित भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरसहित मुलुकका अधिकांश जिल्लाहरूमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । विभिन्न चरणमा निषेधाज्ञा जारी हुँदा खाद्यान्न तथा अत्यावश्यकीय सेवाबाहेक अरू सबै क्षेत्र ठप्प छन् ।  निषेधाज्ञाका कारण ६८ प्रतिशत अर्थात् करीब ६ लाख ५० हजार उद्योग व्यव...