काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् । तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी रहेका छन् । पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भए