नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् ।तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समूहलाई केही दिन अघि ‘दास’को संज्ञा दिएपछि एमाले नेता भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामना दिएका हुन ।पार्टी कार्यक्रममा काठमाडौँबाट धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शीर्षकमा दुई जना बिचको सम्बन्धका बारेमा पनि भट्टराईले उल्लेख गरेका छन् ।उनले सामाजिक सञ