मुख्य न्यायाधिवक्ता नियुक्तिमा उच्च अदालतले माग्यो प्रदेश १ सरकारसँग लिखित जवाफ

१५ माघ, विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रदेश नम्बर १  का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले आफ्नो राजीनामा नआई अर्का व्यक्तिलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेपछि नियुक्ति बदरको मागसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । राईले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाउ आदेश […]