युक्रेनमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारतीय विद्यार्थीको रुसी आक्रमणमा मृत्यु

युक्रेनमा रुसले गरेको आक्रमणमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। युक्रेन(रुस आक्रमणमा पहिलो भारतीय नागरिक मारिएको पुष्टि भएको हो।  चिकित्साशास्त्र अध्ययन गरिरहेका कर्नाटकका नवीन कुमारको मृत्यु भएको भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जानकारी दिएका हुन्।

सम्बन्धित सामग्री

फार्मेसी अधिकृत मृत्यु प्रकरण : छानबिन समिति गठन

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । फार्मेसी अधिकृत पोखरेलले शुक्रबार बिहान अस्पतालको फार्मेसीको स्टोरभित्र कपडाको पासो लगाई आत्महत्या गर्नुभएको थियो । चिकित्साशास्त्र अध्ययन संस्थानले आत्महत्याका सम्बन्धमा थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।