हाइड्रोजन इन्धन उत्पादनबारे निगमले केयूसँग मिलेर अध्ययन गर्ने

२६, पुस, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पकको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने भएको छ । स्वदेशमा उत्पादित बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न निगमले काठमाडौं विश्वविद्यालय (केयू)सँग शुक्रबार समझदारी गरेको छ । निगमका निर्देशक दीपक बराल र केयूका स्कुल अफ इन्जिनियरिङका डीन डा.डम्बरबहादुर नेपालीबीच आपसी […]

सम्बन्धित सामग्री

हरित ऊर्जा उत्पादनको भविष्य

विश्वमा ग्रिन हाइड्रोजन अर्थात् हरित ऊर्जा उत्पादनको लहर चलेका बेला हालै नेपाल सरकारले ग्रिन हाइड्रोजन नीति–२०८० स्वीकृत गरेको छ । २०८० माघ ३ गतेको मन्त्रीपरिषद् बैठकले उक्त नीति पारित गरे पनि नेपालमा सरकारी स्तरबाटै ग्रिन हाइड्रोजनको उत्पादनबारे विस्तृत अध्ययन भइसकेको छैन । सरोकारवाला र सम्बन्धित क्षेत्रका विज्ञहरूले नेपालमा यसको प्रशस्त सम्भावना देखेका छन् । केही नयाँ अभ्यास पनि सुरु भइसकेका छन् । दक्षिण कोरियाबाट हाइड्रोजन इन्धन गाडी ल्याएर काठमाडौँ विश्वविद्यालयले धुलिखेलमा परीक्षणसमेत गरिरहेको छ । विश्व बजारमा हुन्डाई, टोयटालगायत कम्पनीले हाइड्रोजन इन्धनबाट चल्ने गाडी उत्पादन गरिसकेका छन् । नेपालमा हाइड्रोजन इन्धनबाट चल्ने गाडीलाई सञ्चालन गर्न दिने स्पष्ट कानुनी व्यवस्था छैन । नयाँ प्रवि

नेपालमा भित्रियो पहिलो हाइड्रोजन कार

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन कार ल्याएको छ । शनिवार हुन्डाईको ‘नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी’ आइपुगेको केयू हाइड्रोजन ल्याबका प्रमुख प्राडा विराजसिंह थापाले बताए । थापाका अनुसार नेपाल आयल निगमको सहयोगमा केयुले नेपालमा पहिलोपटक हाइड्रोजन कार भित्त्याएको हो । यो गाडीको मूल्य ३३ हजार अमेरिकी डलर रहेको बताइएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली हाइड्रोजनमा रूपान्तरण गरेर वैकल्पिक इन्धनको रूपमा प्रयोग गर्ने विषयमा अगाडिदेखि नै केयुले अध्ययन अनुसन्धान गर्दै आएको उनले बताए । उनले भने, ‘त्यही अनुरूप नै हामीले नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलो हाइड्रोजन ल्याब स्थापना गरेर यस क्षेत्रमा अध्ययन अगाडि बढाएको थियौं । उक्त अध्ययनलाई निरन्तरता दिन हामीले कोरियाबाट यो गाडी ल्याएको छौं ।’ कानून निर्माण गरी नेपालमा हाइड्रोजन कारको व्यावसायिक उत्पादन बढाउनुपर्ने थापा बताउँछन् । नेपालले हाइड्रोजन इन्धन आन्तरिक रूपमा प्रयोग गर्नुका साथै निर्यात गर्न सक्ने सम्भावना पनि भएको उनको भनाइ छ ।

१०० मेगावाटको हाइड्रोजन प्लान्ट स्थापनाबारे अध्ययन गरिने

अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गत ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफलमा अर्थमन्त्री शर्माले सुरुवातमा एक सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

हाइड्रोजन इन्धनबारे छलफल, १०० मेगावाटको हाइड्रोजन प्लान्ट लगाउन अध्ययन गरिने

अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।छलफलमा अर्थमन्त्री शर्माले शुरुवातमा एक सय मेगावाटको हाइड्रोन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।  विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसङ्ग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल एक सय मेगाावाटको हाइड्रोजन प्लान्ट लगाउने बिषयमा आवश्य