मर्स्याङ्दी नदीले दुई घर बगायो, जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा

काठमाण्डाै – मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको पिसाङ गाउँका दुई घर बगाएको छ । जिल्लाकै सबैभन्दा ठूलो पुल जोखिममा परेको छ । मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ तथा माथिल्लो मनाङ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल जोखिममा परेको त्यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार मर्स्याङ्दी नदीमा पानीको बहाव झन् झन् बढ्दै गएको छ भने नदीले कटान क्षेत्र पनि बढाउँदै लगेको छ । बाढीले कयौँ खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । पहिरोले थुनिएको मर्स्याङ्दी नदी अहिले खुलेको छ ।...