सानिमा बैंकको शाखा काठमाडौंको गोकर्णेश्वरमा

सानिमा बैंक Sanima Bank Limited ले काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका हुन् ।  मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन्। त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।