विकास आयोजना अनुगमन गर्न प्रधानमन्त्रीको नेतृत्वमा छुट्टै संयन्त्र प्रस्ताव

१८ माघ, काठमाडौं । विकास आयोजनाको अनुगमन तथा मूल्यांकन गर्न प्रधानमन्त्रीको नेतृत्वमा छुट्टै संयन्त्र बन्ने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित ‘अनुगमन तथा मुल्याङ्कन सम्बन्धी विधेयक’मा अनुगमन तथा मूल्यांकनसम्बन्धी सर्वोच्च संयन्त्रका रुपमा ‘राष्ट्रिय विकास समस्या समाधान समिति रहने’ व्यवस्था राखिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने यो समितिले संघीय आयोजना र संघीय […]

सम्बन्धित सामग्री

पोखराका विकास आयोजना अनुगमन गर्दै सांसदहरू

गण्डकी प्रदेशका सांसदहरू यतिबेला विकास आयोजना अनुगमन गर्न व्यस्त हुनुहुन्छ। प्रदेश निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २(ख) का २५ वटा विकास निर्माण आयोजनाको आज स्थलगत अनुगमन गरिएको छ । कार्यक्रमअन्तर्गत प्रदेश सभा सदस्यहरू विन्दुकुमार थापा, प्रभा कोइराला, कुमार खड्का र मीना गुरुङद्वारा विनियोजित कुल दुई करोड रुपैयाँको लागतमा निर्मित आयोजनाको प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, जनप्रतिनिधि, प्राविधिक तथा सञ्चारकर्मीसमेतको उपस्थितिमा अनुगमन गरिएको हो । कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका वडा नं ४, ८, ९, ११, १६ र २० मा सञ्चालित सडक तथा ढल, सिँचाइ, खानेपानी, बहुउद्देश्यीय भवन, मन्दिर, चौतारा पुनःनिर्माणलगायत योजना छन् ।