अस्पताल सम्झौता खारेजीको निर्णय फिर्ता लिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

लमजुङका नागरिक समाजले एचडिसिएससँग जिल्ला अस्पताल लमजुङको सम्झौता खारेजीको निर्णय त फिर्ता लिन माग गरेको छ ।एचडिसिएससँगको सम्झौता खारेज तथा भंग गर्ने प्रदेश सरकारको निर्णय अविवेक, पूर्ण खेलबाड र अपरिपक्वता भएको भन्दै नागरिक समाजले ज्ञापनपत्र निकाल्दै तत्काल उक्त निर्णय फिर्ता गर्न दबाब दिएको हो ।  नागरिक समाजले लमजुङ जिल्ला अस्पतालको सम्झौता खारेजीका सम्वन्धमा विभिन्न माग राख्दै  प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।नेपालकै उत्कृष्ट व्यवस्थापन भएको लमजुङ जिल्